शुक्रबार, असोज ४ गते २०८१

निकिशा श्रेष्ठमाथि ‘दुर्व्यवहार’ गरेको भिडिओ अपलोड गर्ने एक जना पक्राउ

निकिशा श्रेष्ठमाथि ‘दुर्व्यवहार’ गरेको भिडिओ अपलोड गर्ने एक जना पक्राउ

अखबार दैनिक
बिहीबार , मंसिर ४ २०७७
  • निकिशा श्रेष्ठमाथि ‘दुर्व्यवहार’ गरेको भिडिओ अपलोड गर्ने एक जना पक्राउ

    मंसिर ४,

    images

    निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने विशेष जोशी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरको टोलीले भक्तपुर नगरपालिका- २ टौमढीका उनलाई बिहीबार बिहान पक्राउ गरेको हो। परिसरको टोलीले पक्राउ गरी थप अनुसन्धान गर्न साइबर ब्युरोलाई बुझाएको हो । ब्युरोका प्रहरी उपरीक्षक पशुपति रायका अनुसार उनले टिकटकमा भिडिओ अपलोड गरेका थिए ।

    निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध भएको थियो । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

    'हिजो नै सामाजिक सञ्जालमा भिडिओ खिच्ने व्यक्ति उनी हुन् भनेर बाहिर आइसकेको थियो। उनले खिचेका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान गरिरहेका छौं,' प्रहरी उपरीक्षक रायले भने,'अर्का व्यक्तिको खोजी भइरहेको छ ।' यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रायले बताए ।

    सार्वजनिक भएको भिडिओमा निकिशामाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ । आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ