शुक्रबार, असोज ४ गते २०८१

गाउँका महिलाहरु झिकाएर पोखरामा ‘वेश्याबृत्ति’मा लगाउने ३ जना पक्राउ

गाउँका महिलाहरु झिकाएर पोखरामा ‘वेश्याबृत्ति’मा लगाउने ३ जना पक्राउ

अखबार दैनिक
बिहीबार , मंसिर ४ २०७७
  • गाउँका महिलाहरु झिकाएर पोखरामा ‘वेश्याबृत्ति’मा लगाउने ३ जना पक्राउ

    मंसिर ४,

    images

    गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा महिलाहरुलाई जबर्जस्ती देह-व्यापारमा लगाउने गिरोहका ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

    आकर्षक कामका लागि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ग्रामिण क्षेत्रबाट महिला तथा किशोरीहरुलाई पोखरा ल्याएर जव-र्जस्ती देह-व्यापारमा लगाउने १ युवतीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ घर भएकी ३० वर्षीय अन्जु गुरुङ, काभ्रेको पाँचखाल नगरपालिका–४ घर भएका २६ वर्षीय आशिष भुजेल र कास्कीको मादी गाउँपालिका–१ खेलुङ घर भएका २१ वर्षीय जीवन नेपाली छन् । पछिल्लो समय उनीहरुले २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाइ दिने भन्दै पोखराको लेकसाइडमा ल्याएर जवर-जस्ती वे-श्याबृत्तिमा लगाउन खोजेका थिए ।

    विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २६ गते उनीहरुलाई पोखराको लेकसाइटबाट पक्राउ गरेको थियो । साथै, उनीहरुले जव-र्जस्ती वे-श्वाबृत्तिमा लगाउन खोजेका २ जना महिलाको पनि प्रहरीले उद्धार गरेको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले ग्रामिण क्षेत्रका महिला तथा युवतीहरुलाई शहरी क्षेत्रमा ल्याएर ज-वर्जस्ती वे-श्याबृत्तिमा लगाउँदै आएका खुलेको छ । तीनै जनाविरुद्ध मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ