शुक्रबार, असोज ४ गते २०८१

तिहारमा पनि घन्किएन मादल न त विक्री नै भयो

तिहारमा पनि घन्किएन मादल न त विक्री नै भयो

अखबार दैनिक
बिहीबार , मंसिर ४ २०७७
  • तिहारमा पनि घन्किएन मादल न त विक्री नै भयो

    भक्तिविलाश पोखरेल, गोरखा पत्र
    गाईघाट,मङ्सिर ४ गते ।

    images

    यो वर्षको तिहार सकियो । तिहारमा देउसी र भैलो खेल्नेले विगतमा मादल खरिद गर्थे तर यो वर्ष मादल विक्री नहुँदा ब्यावसायी चिन्तित बनेका छन् । कोरोना महामारीका कारण आम नागरिकमा कुनै उमङ्ग नआएको र यो वर्ष देउसीभैलो खेल्न मनाही गरिएकोले पनि मादलको विक्री नभएको ब्यावसायी बताउँछन ।
    होटल ब्यावसाय सँगै गाईघाट बजारमा बिगतदेखि नै मादलको ब्यापार पनि गर्दै आउनुभएका ब्यावसायी खड्गबहादुर शाहीका अनुसार पछिल्लो समयमा युवा पुस्तामा नेपाली संस्कृति जगेर्ना गर्ने केही उत्साह जागेको थियो । तर मादल बिक्रीको हेर्दा गाउँ घरमा पनि यो वर्ष तिहार पर्वको रौनक छाएको छ जस्तो देखिदैन ।
    ढोलक,ड्रमसेट,गितार,पियानो लगायतका आधु्निक बाजाहरुको प्रभाव बढ्दै गएपछि ओझेलमा पर्दै गएको नेपाली मौलिक बाजा मादलप्रति युवाको आकर्षण त्यसैपनि घट्दै गएको छ ।
    विगतमा मादल बनाउने पेसा नै सङ्कटमा परेको थियो । तर पछिल्ला वर्षहरूमा भने मादल बनाउन थालिए पनि ब्यापारी हरुले किनेर लैजाने नगरेकोले आपूmलाई मादल बनाउने ब्यवसायले फेरि निरुत्साहित तुल्याएको त्रियुगा नगरपालिका वडा न. २ खैजनपुरका उद्यमी लक्ष्मण मिजारले बताउनुभयो ।
    गाईघाट बजारका मादल ब्यापारी खड्गबहादुर शाहीका अनुसार उहाँको पसलमा दुई हजारदेखि पाँचहजार रुपियाँसम्म मूल्यका दुई दर्जनको संख्यामा मादलहरु बिक्रीका लागि राखिएको थियो । तर वितेको तिहारमा खासै व्यापार नभए पछि उहाँलाई करिव एकलाख ५० हजार घाटा ब्यापार भएको शाही बताउनुहुन्छ ।
    लाम्पातेको ढुङ्ग्रोबाट कनेको मादलको स्वरै चखिलो हुने र ग्राहकहरुले पनि लाम्पातेकै ढुङ्ग्राको मादल किन्न माग गर्ने गरेको भए पनि यस वर्ष खासै व्यापार नभएको शाही बताउनुहुन्छ । तराइ भन्दा पनि पहाडि क्षेत्रका मानिसहरु नै मादल किन्न आउने भएकोले साना ठूला सवैखाले मादलको ब्यावसाय गरेको उहाँको भनाई छ ।
    त्रियुगा नगरपालिका वडा नं २ का मादल ब्यावसायी ईन्द्रवहादुर मिजारले मादल बिक्री नभएकोले तिहार पर्व नै खल्लो भएको बताउनुभयो । ढु्ग्रो तास्न एकदिन,तना र तली मिलाउन एकदिन तथा खरी लगाएर स्वर मिलाउन एकदिन गरी जम्मा तीनदिनमा एउटा मदल तयार गर्न सकिने उहाँको भनाई छ ।
    बाहिरका अरु बजारसम्म लगेर बेच्न आप्mनो क्षमता नभएको र स्थानीय गाईघाट बजारमा तिहार पर्वका अवसरमा पनि मादल बिक्री नभएकोमा आपूm निकै चिन्तित बनेको उहाँले बताउनुभयो । कोरोना महामारीका कारण आप्mनो ब्यावसायसमेत धरापमा परेको उहाँको भनाई छ ।
    त्यसैगरी अघिल्लो बर्ष लक्ष्मीपूजाको अघिल्लो दिनसम्म झण्डै एक सय थान मादल विक्री गरेका उदयपुरको सदरमुकाम गाईघाटस्थित कोसेली घरका सञ्चालक रुद्र श्रेष्ठले यो बर्ष मुस्किलले पाँचवटा मात्र विक्री गरेको बताउनुभयो ।
    तर यसपटक उहाँले लक्ष्मीपूजाको अघिल्लो दिनसम्म १७ हजार रुपियाँको मात्र मादल आपूmले विक्री गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘जुन सुकै वस्तु पनि सिजनमा विक्री हुने हो । तर यो बर्षको सिजन कोरोना भाइरसले खायो । यस बर्ष रित्तो हात बस्नु परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ