शनिबार, असोज १७ गते २०८३

सचिवालय बैठक बस्नुपर्ने समयमै ओलीले किन बोलाए मन्त्रिपरिषद् बैठक

सचिवालय बैठक बस्नुपर्ने समयमै ओलीले किन बोलाए मन्त्रिपरिषद् बैठक

अखबार दैनिक
बुधबार, मंसिर ३ २०७७
  • सचिवालय बैठक बस्नुपर्ने समयमै ओलीले किन बोलाए मन्त्रिपरिषद् बैठक

    ३ मंसिर काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकका लागि ताेकिएकै समयमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यसले नेकपा भित्र मुडभेटको अवस्था सिर्जना भएको छ ।

    प्रधानमन्त्री ओलीले आज (बुधबार) दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

    गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकले आजै दिउँसो १ बजे अर्काे बैठक राख्ने निर्णय गरेको थियाे।

    तर ठीक त्यही दिन र समय प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राख्ने तयारी गरेका हुन्।

    ‘नियमित बैठक (मन्त्रिपरिषदको) सोमबार र बिहीबार हुने हो तर आजै दिउँसो १ बजेका लागि बोलाइएको जानकारी आएको छ,’ एक मन्त्रीले भने।

    प्रधानमन्त्री ओलीले यसअघिदेखि नै आजका लागि तोकिएको सचिवायल बैठक सार्नुपर्ने अडान लिइरहेका छन्।

    महासचिव विष्णु पौडेलमार्फत ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालयमा पेस आफूविरुद्धको प्रस्ताव फिर्ता लिन र बुधबारको बैठक सार्न आग्रह गरेका थिए। तर प्रचण्डले सचिवालय बैठक बुधबारै राख्नुपर्ने अडान दोहोर्‍याएका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ