म्याग्दी, २० असोज : पछिल्लो एकसातायात अवरुद्ध बनेको चीनसँग हाल सञ्चालनमा रहेको एकमात्र ब्यापारिक कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ । मनसुनजन्य विपद्का कारण क्षतिग्रस्त सडक मर्मतमा प्रयोग भएका उपकरणका लागि इन्धन अभाव भएपछि नेपाली सेनाको सहयोगमा सोमबार ड्रोनबाट डिजेल ढुवानी गरिएको हो ।
रघुगंगा गाउँपालिका–२ कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब दुई सय ५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको छ । बेनीबाट सवारी साधनमा कुनौटासम्म लगिएको डिजेल ड्रोनको सहायताले कटान क्षेत्र पार गराइएको हो ।


प्रतिक्रिया दिनुहोस