सोमबार, भदौ ३१ गते २०८१

कराते खेलाडी रवीन्द्र मानन्धरले नेपालका लागि स्वर्ण जिते

कराते खेलाडी रवीन्द्र मानन्धरले नेपालका लागि स्वर्ण जिते

अखबार दैनिक
मंगलबार, मंसिर २ २०७७
  • कराते खेलाडी रवीन्द्र मानन्धरले नेपालका लागि स्वर्ण जिते

    २ मंसिर,काठमाडौं । कराते खेलाडी एवं प्रशिक्षक रवीन्द्र मानन्धरले नेपालका लागि स्वर्ण जितेका छन् । क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाइन कराते प्रतियोगिता सातो कप इन्टरनेसनल २०२० को डिभिजन ‘जी’को ४० वर्षमाथिको पुरुष मास्टर्स ब्राउनदेखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुन् ।

    images

    नेपाल सितोरियो कराते संघका तर्फबाट प्रतिस्पर्धा गरेका मानन्धरले यूबीसी सितोरियो सातो का कराते क्लबका माइक नाकात्सुलाई फाइनलमा पराजित गरेका थिए । मानन्धरले १५ दिनअघि मात्र कराते फिलिपिन्स लिगको आयोजनमा भएको सातौं नासिमुरा कप अनलाइन कराते च्याम्पियनपिमा नेपालका लागि स्वर्ण जितेका थिए ।

    प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य गरी ६ पदक जितेको छ । नेपालको लागि स्वर्ण दिलाउने क्रममा महिला डिभिजन ३९ अन्तर्गत ब्लुदेखि ब्राउन बेल्ट समूहमा नीता आचार्यले  स्वर्ण जितिन् । आचार्यले यूबीसी गोजुरियोकी थी अडसेनलाई पराजित गरेकी थिइन् । यसअघि नीताले केरला कराते संघको आयोजनमाम भएको सद्गुरु मास्टर्सकप अनलाइन इन्टरनेसनल कराते काता च्याम्पियनसिपमा पनि स्वर्ण हात पारेकी थिइन् ।

    नेपालका लागि अर्को दुई स्वर्ण सन्जु देशार र मनीष कार्कीले जोडे । सन्जुले डिभिजन २७ अन्तर्गत महिला १४-१५ बर्ष ब्लुदेखि ब्राउन बेल्टको विधामा भानकोभर सातो हा सितोरियोकी भानिशा क्‍वानलाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

    यस्तै मनीष कार्कीले डिभिजन ३० को पुरुष १४-१५ वर्ष ब्लुदेखि ब्राउन बेल्ट प्रतिस्पर्धामा इसिन काइका हिरोकी मेगावालाई पराजित गर्दै स्वर्ण जिते । पुरुष ब्लाकबेल्ट इलाइटमा स्वर्णिम मानन्धरले कास्य, डिभिजन डी पुरुष १६-१७ वर्ष ब्ल्याकबेल्ट इलाइटमा प्रनिल मानन्धरले कास्य प्राप्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ