बिहीबार , मंसिर ३ गते २०८३

भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , मंसिर ३ २०८३
  • भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

    हेटौँडा, ३ मङ्सिरः मकवानपुरको भैँसे नजिकै आज बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।   

    रौतहटको चपुरबाट काठमाडौँतर्फ गइरहेको ना १ ज २१४३ नम्बरको सुमो भैँसे नजिकै सुन्दरीमाई मोडमा दुर्घटना हुँदा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा र सोही नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीले राससलाई जानकारी दिनुभयो । अन्य एक मृतकको परिचय खुलेको छैन ।    
        
    दुर्घटनाग्रस्त सुमोमा चालकसहित १० जना सवार थिए । घाइते सात जनालाई हेटौँडा अस्पताल पु¥याइएको छ ।रासस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार