आइतबार, असोज १८ गते २०८३

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

अखबार दैनिक
मंगलबार, असोज १३ २०८३
  • कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    यही असोज ८ देखि ११ गतेसम्मको बर्षातपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर र घुमाउने ताललाई उजाड बनाएको छ । 
    १६ वर्ष लगाएर निर्माण भएको राहुघाटको परिक्षण उत्पादन बन्द भएको छ । विद्युतगृह र कालीगण्डकीको बिच भागमा रहेको बेनी–जोमसोम सडक बाढीले बगाएको छ । विद्युतगृह परिसरमा रहेको भारतीय ठेकेदार कम्पनी जयप्रसाश एशोसियट्स (जेपि)का उपकरण र सवारी साधनहरु बाढीले बगाएको छ । 

    ५० मिटर टाढा बगिरहेको कालीगण्डकीले धार परिवर्तन गरेर एक्कासी बस्तिमा आउला भन्ने तिल्केनीचौर बासीले कल्पना पनि गरेको थिएनन् । गलेश्वर र घुमाउने तालमा बस्न थालेका तिल्केनीबासीहरुको आवासको दिगो ब्यवस्थापन भएको छैन् । 
    तिल्केनीचौरका आठ घरपरिवार घर छाडेर विस्थापित भएका छन् । जिवनभर दुःख गरेर गरेको आम्दानीले जोडेको जग्गा बाढीले बगाएको र जोखिमका कारण घरमा बस्नै नमिल्ने बनेपछि तिल्केनीचौरका गमबहादुर सेन्चुरी भक्कानीनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ