शुक्रबार, असोज ४ गते २०८१

युट्युव हेरेर बच्चा डेलिभर गर्न खोज्दा आमा र बच्चा दुुवैको गयो ज्यान

युट्युव हेरेर बच्चा डेलिभर गर्न खोज्दा आमा र बच्चा दुुवैको गयो ज्यान

अखबार दैनिक
शुक्रबार, कात्तिक २८ २०७७
  • युट्युव हेरेर बच्चा डेलिभर गर्न खोज्दा आमा र बच्चा दुुवैको गयो ज्यान

    कात्तिक २८,

    images

    गर्भावस्था लुकाएर लुक्ने कुरा होइन । हाम्रो समाजमा अविवाहित महिला गर्भवती हुनु समाजले राम्रो भन्दैन । उनी गर्भवती हुने वित्तिकै तमाम प्रश्नहरुको जवाफ समाजले खोज्छ । यस्तै घटना भारतमा भएको छ ।

    हिन्दुस्तान टाइम्समा छापिएको समाचार अनुसार, भारत उत्तर प्रदेशको गोरखपुरमा एक २६ बर्षिया अविवाहित गर्भवती महिलाले युट्युबमा भीडियो हेर्दै बच्चा जन्माउन खोजेकी थिईन । उनको यस्तो प्रयास सफल भने भएन । महिलाले युट्युव हेरेर बच्चा जन्माउन खोज्दा महिला र बच्चाको ज्यान गएको थियो । सुत्केरी गराउन चाहिने सामाग्री प्रयोग गरिएको भए त्यो सफल भएन । बहराइच जिल्लाकी ती महिला घटनाको चार दिन अघि मात्र उक्त घरमा बस्न गएको घरधनी रवी उपाध्यायले बताए ।

    यो घटनाको जानकारी त्यतिबेला भयो जब घरका मालिक र अरु कोठामा बस्नेले एक कोठाको ढोकाबाट बाहिर निस्किरहेको देखे र प्रहरीलाई खबर गरे ।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार महिला गोरखपुरको बहराइचमा बस्थिन् र उनी अविवाहित थिइन् । अविवाहित भएपनि गर्भवती भएपछि उनी परिवार र समाजका डरले कोठा लिएर बसेकी थिइन् । घरका सदस्य उनको गर्भ पतन गराउन चाहन्थे तर उनले मानिनन् । बारम्बार परिवारले गर्भ पतन गराउन दवाव दिएका थिए । प्रहरीका अनुसार तनावमा आएर महिलाले गर्भपात गराउन चाहिन् । गर्भवती भएको कुरा मानिसहरुबाट लुकाउनका लागि उनले युट्युवबाट भिडियो हेरेर डेलिभरी गर्ने प्रयास गरिन् तर उनको ज्यान गयो ।

    प्रहरीका अनुसार घटनास्थलबाट एक मोबाइल फेला परेको थियो जहाँ कसरी घरमै सफल डेलिभरी गराउने भन्ने बारेको भिडियो चलिरहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ