शुक्रबार, असोज ९ गते २०८३

यूएन महासभामा बालेनको प्रश्न : हतियार ७२ घण्टामा पुग्छ, किसानले मल र इन्धन किन पाउँदैनन्?

यूएन महासभामा बालेनको प्रश्न : हतियार ७२ घण्टामा पुग्छ, किसानले मल र इन्धन किन पाउँदैनन्?

अखबार दैनिक
शुक्रबार, असोज ९ २०८३
  • यूएन महासभामा बालेनको प्रश्न : हतियार ७२ घण्टामा पुग्छ, किसानले मल र इन्धन किन पाउँदैनन्?

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै किसानका लागि मल, इन्धन र अन्य अत्यावश्यक वस्तुको सहज आपूर्ति हुन नसकेको विषय संयुक्त राष्ट्रसङ्घको महासभामा उठाएका छन्।

    संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको सामान्य बहसलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले युद्धका लागि हतियार तथा गोलाबारुद विश्वका जुनसुकै ठाउँमा छोटो समयमा पुर्‍याउन सक्ने विश्वव्यवस्था किसानका लागि आवश्यक मल र इन्धन उपलब्ध गराउन भने असफल भएको बताए।

    उनले भने, ‘हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली भएको संसार बनाएका छौँ।’

    प्रधानमन्त्री शाहले आफूले आवश्यक वस्तु किन्न सक्ने देश तथा नागरिकले त्यसका लागि बजारमा पहुँच पाउनुपर्ने बताए। ७२ घण्टाभित्र विश्वको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सकिने अवस्थामा किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट वञ्चित राख्ने कुनै औचित्य नरहेको उनको भनाइ थियो।

    उनले विश्वव्यापी आपूर्ति शृङ्खामा देखिएको कमजोरीले गरिब तथा विकासशील देशका नागरिकलाई बढी प्रभावित बनाएको बताए। उनका अनुसार आवश्यक वस्तुको आपूर्ति र पहुँचमा देखिएको असमानताले कमजोर समुदायको जीवनयापन थप कठिन बनाइरहेको छ।

    प्रधानमन्त्री शाहले यस विषयलाई जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग समेत जोडेर हेर्नुपर्ने धारणा राखे। जलवायु परिवर्तनबाट नेपालजस्ता विकासशील देश प्रभावित भइरहेका बेला आफूहरूले सिर्जना नगरेका संकटको भारसमेत त्यहाँका नागरिकले बोक्नुपरेको उनले बताए।

    उनले विश्वव्यापी आर्थिक तथा आपूर्ति प्रणालीलाई थप न्यायपूर्ण, समावेशी र मानवकेन्द्रित बनाउन अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ