शुक्रबार, असोज ४ गते २०८१

युवतीहरुले कस्ता गुण भएका केटाहरु मनपराउँछन् ?

युवतीहरुले कस्ता गुण भएका केटाहरु मनपराउँछन् ?

अखबार दैनिक
बिहीबार , कात्तिक २७ २०७७
  • युवतीहरुले कस्ता गुण भएका केटाहरु मनपराउँछन् ?

    कात्तिक २७,

    images

    कैयौंपटक युवाहरुलाई लाग्ने गर्छ युवतीहरुले मन पराउन के गर्नुपर्ला ? केटीहरुलाई खुशी बनाउन र दिल जित्न धेरै सावधानी अपनाउनु पर्छ । धेरै केटीहरुले समझदार र स्मार्ट पुरुषलाई मन पराउँछन् । कहिलेकाहिँ केटा, केटीको नजरमा बस्ने र उनको दिलमा राज गर्न तमाम कोशिश गरेपनि सफलता हात पार्न सक्दैनन । आउनुहोस् हामी आज युवतीहरुले कस्ता गुण भएका केटाहरु मनपराउँछन् त त्यसको बारेमा चर्चा गरौ ।

    राम्रो स्वभाव हुनु पर्छः

    केटीहरुलाई यस्ता केटा मन पर्छन् जसले महिलालाई सम्मान गर्छन् । यसरी नै तपाइँले आफ्नी प्रेमिकालाई सम्मान गर्नुपर्छ । जब तपाइँ कसैलाइृ माया गर्नु चाहानुहुन्छ भने उसको सम्मान गर्नु पर्छ । बिना सम्मानको माया हुन सक्दैन । आफ्नो भावना काबुमा राखेर उनको विचार सुन्नु पर्छ । कहिल्यै पनि उनको अपमान गर्नुहुँदैन । उनका बितेका कुरा गरेर न्यायाधिस बन्नु हुँदैन ।

    व्यक्तित्व हुनु पर्छः 

    सबैभन्दा पहिलो कुरा त सबैको आँखा तपाइँले लगाएको कपडामा जान्छ, त्यसैले पहिलो प्रभाव पार्नलाई कपडा र शरीर राम्रो हुनुपर्छ । यसैले केटीहरुलाई स्टाइलिस्ट र सफा कपडा लगाएको केटा धेरै मनपर्छन् ।

    रोमान्टिक हुनुपर्छः

    रिलेसनशिपमा बस्नको लागि रोमान्टिक हुनु आवश्यक पर्छ । पार्टनर मुड बनाउनको लागि तपाइँ आकर्षक देखिनु पनि पर्छ । जब तपाइँ पार्टनरसँग भेट्नु हुन्छ तब उनको तारिफ गर्ने र घसम्ने योजना बनाउने गर्नुपर्छ । आफ्नो पार्टनरसँग हरपल हासेर आनन्द लिनु पर्छ । त्यस्तै मौका हेरेर विवाहको लागि प्रस्ताव राख्नुपर्छ ।

    हासी मजाक गर्ने स्वभावः

    जुन केटाको स्वभाव मजाक गर्ने हुन्छ, त्यस्ता केटाहरुलाई केटीहरुले धेरै मन पराउछन् । यस्ता केटाहरुमा सेन्स अफ ह्युमर हुन्छ । जोसँग स्कुल तथा कलेजका केटीहरु आकर्षित हुन्छन् । तर जागिरे केटीहरुमा पनि आकर्षित हुने गर्छन् । मजाक गर्ने केटासँग यदि कोही केटी घुम्न जान्छन् भने कहिल्यै पनि बोर मान्दैनन् र पटक पटक भेट्न चाहन्छन् ।

    समझदार हुनुः

    केटीहरुलाई आत्मविश्वास भरपुर मात्रामा भएको केटा मन पर्छन् । जुन केटामा आत्मविश्वास धेरै हुन्छ त्यस्ता केटामा युवतीहरुले भरोसा राख्छन् । केटाको यहि विशेषताले नै केटीहरुलाई आकर्षित गर्न धेरै मद्दत मिल्छ । कुनै पनि सम्बन्ध निभाउन समझदारी आवश्यक हुन्छ ।   

    ख्याल राख्नेः

    सधै आफ्नो प्रेमिकाको कुरामा ध्यान दिनुपर्छ । उसको कुराको जवाफ दिनुपर्छ । यदि उसले गलत कुरा गरेमा ठिक ढंगले सम्झाउनु पर्छ । उनका साना साना कुरा सुन्नुपर्छ ।

    हरेकपल साथमा हुनुः

    सानो सानो कुरामा आफुलाई जोड्नु हरेक केटीको आदत हुन्छ । सम्बन्धमा कुनै पनि दुख आएमा दुखमा साथ दिनुपर्छ । एक अर्कामा आफु भएको भरोसा दिलाउनु पर्छ ।

    केटीहरुलाई मन पर्ने अग्ला केटाः

    केटीहरुलाई अग्लो केटा मन पर्ने सबैभन्दा प्रमुख कारण अंगालो मार्ने समयमा सहज महसुस हुनु हो । अग्ला केटाको लामो हातले केटीको सबैतीर कबर गर्न सक्छ । केटीलाई लाग्छ की लामो कद भएको केटाले शारीरिक सुरक्षा दिनलाई सक्षम हुन्छ । यसैकारण केटीहरु अग्लो केटामा बढि आकर्षित हुन्छन र प्रेमी पनि अग्लो नै चाहान्छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ