शुक्रबार, असोज ४ गते २०८१

स्कुटर दुर्घटनामा घाइते १९ बर्षिया युवतीको उपचारको क्रममा मृत्यु

स्कुटर दुर्घटनामा घाइते १९ बर्षिया युवतीको उपचारको क्रममा मृत्यु

अखबार दैनिक
मंगलबार, कात्तिक २५ २०७७
  • स्कुटर दुर्घटनामा घाइते १९ बर्षिया युवतीको उपचारको क्रममा मृत्यु

    कात्तिक २५,

    images

    उदयपुरको त्रियुगा नगरपालिका १० मा सोमबार दुर्घटना हुँदा १९ बर्षिया युवती प्रिया बुढाथोकीको मृत्यु भएको छ ।

    राजाबासबाट गाईघाट तर्फ आउँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर दुर्घटना हुँदा न्युरो हस्पिटल विराटनगरमा उपचारको क्रममा सोमबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको हो । उनका भाई १३ वर्षिय युनिक बुढाथोकी पनि घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम प्रसाद खनालले जानकारी दिए ।

    उनी सामान्य उपचार पछि घर फर्किएका छन् । मृतक युवती गाईघाटको प्याराडाइज बोर्डिङ स्कूलको कक्षा ११ को बोर्ड परीक्षामा सामेल हुन आईरहेको अवस्थामा कुकुरलाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ