शुक्रबार, असोज ४ गते २०८१

'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' नै लेख्नुपर्ने

'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' नै लेख्नुपर्ने

अखबार दैनिक
मंगलबार, कात्तिक २५ २०७७
  • 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' नै लेख्नुपर्ने

    कात्तिक २५,

    images

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ । देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णयबारे समितिले सोमबार परराष्ट्रमन्त्रीसँग छलफल गरेको थियो ।

    मन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताएका छन । संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई हामीले अवलम्बन गरेको राज्य प्रणाली भएको र, सरकारले नामबारे मात्र निर्णय गरेको उनको स्पष्टीकरण थियो ।

    तर समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । सो को तात्पर्य के हो भने, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्नु नै उपयुक्त देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ