आइतबार, वैशाख ३० गते २०८१

प्रधानमन्त्रीद्वारा विवाद समाधान कार्यदलका सदस्यहरूलाई बालुवाटार बोलावट

प्रधानमन्त्रीद्वारा विवाद समाधान कार्यदलका सदस्यहरूलाई बालुवाटार बोलावट

अखबार दैनिक
सोमबार, कात्तिक २४ २०७७
  • प्रधानमन्त्रीद्वारा विवाद समाधान कार्यदलका सदस्यहरूलाई बालुवाटार बोलावट

    कात्तिक २४,

    images

    नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवाद समाधानका लागि गत साउनमा बनाइएको ६ सदस्यीय कार्यदललाई बालुवाटार बोलाएका छन् ।

    पछिल्लो विवादबारे छलफलका लागि समय मागेका कार्यदलका सदस्यहरूलाई आज दिउसो ११ बजेका लागि बालुवाटार बोलावट भएको हो । पार्टी विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा महासचिव विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे , भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल नेतृत्वको कार्यदल गठन गरेको थियो । सोही कार्यदलले बुझाएको प्रतिवेदन अनुसार पार्टी विवाद तत्कालका लागि मत्थर भएको थियो ।

    कार्यदलको प्रतिवेदन अनुसार प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका थप गरी ‍पार्टी सञ्चालन गर्ने निर्णय स्थायी कमिटीबाट पारित गरेर संकट तत्कालका लागि समाधान भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ