शुक्रबार, जेठ ४ गते २०८१

चिनियाँ जहाजबाट निगमलाई ३ महिना मै ४ करोड नोक्सान

चिनियाँ जहाजबाट निगमलाई ३ महिना मै ४ करोड नोक्सान

अखबार दैनिक
सोमबार, कात्तिक २४ २०७७
  • चिनियाँ जहाजबाट निगमलाई ३ महिना मै ४ करोड नोक्सान

    कात्तिक २४,

    images

    सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै चिनियाँ जहाज ग्राउन्डेड गरेको तीन महिना पूरा भएको छ । निगम सञ्चालक समितिले ग्राउन्डेडको निर्णय गरेको जहाज व्यवस्थापनका लागि अझै अर्थ मन्त्रालयबाट भने स्वीकृति पाएको छैन् । नोक्सान भएको भन्दै निगम सञ्चालक समितिले साउन १५ गतेदेखि चिनियाँ जहाज सञ्चालन नगर्ने निर्णय गरेको तीन महिनामा ६ थान जहाजको पार्किङ तथा इन्स्युरेन्स बापत झन्डै ४ करोड खर्च भएको छ । तीन महिनाको अबधिमा निगमले इन्स्युरेन्स बापत ६ थान विमानको रकम ३ करोड ६० लाख र विमानस्थलको पार्किङ शुल्क करिव १० लाख गरी ३ करोड ७० लाख रकम बुझाउनु पर्ने हुन्छ ।

    चिनियाँ कम्पनीको एम ए–६० जहाजको दैनिक पार्किङ शुल्क २ हजार ५ सय १४ रुपैयाँ र इन्स्युरेन्स वापतको एक हजार ६१ अमेरिकी डलर दैनिक खर्च हुने निगमले जनाएको छ । यसैगरी वाई–१२ ई जहाजको एक दिन विमानस्थल कार्यालयमा राखिएबापत विमानस्थल कार्यालयले ६ सय ८५ रुपैयाँ लिन्छ भने इन्स्योरेन्सबापतको ३ सय १५ अमेरिकी डलर भुक्तानी गर्नुपर्छ । जहाज उडान तथा ग्राउन्डेड गरेर राखेतापनि वायुसेवा सञ्चालकले विमानस्थल कार्यालयलाई पार्किङ र इन्स्योरेन्स कम्पनीलाई इन्स्योरेन्सको शुल्क बुझाउँनुपर्छ । विमानस्थलको पार्किङ शुल्क रुपैयाँमा परेतापनि इन्स्योरेन्सको शुल्क डलरमा बुझाउनुपर्ने हुन्छ ।

    निगमले चीनबाट ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज अनुदान तथा खरिद गरेर ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याईएको थियो । खरिद गरेर ल्याईएको ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ