सोमबार, कात्तिक ९ गते २०८३

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

अखबार दैनिक
सोमबार, भदौ २२ २०८३
  • नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

    नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु भएको छ । भग्नावशेषमा मानिस फसेको आशङ्कामा उद्धारकर्मीहरूले सोमबार दोस्रो दिन पनि खोजी जारी राखेका छन् ।    
        
     दिल्ली विश्वविद्यालय परिसरनजिकैको विद्यार्थी आवास क्षेत्रको भवन आइतबार भत्किएको हो । प्रहरी, अग्नि नियन्त्रक तथा विपद् प्रतिकार्य टोलीले अर्थमुभर र स्निफर कुकुरको सहयोगमा उद्धार कार्य गरिरहेका छन् । मुख्यमन्त्री रेखा गुप्ताका अनुसार १२ जनालाई भग्नावशेषबाट उद्धार गरिएको र छ जना घाइते भएका छन् । करिब ८० प्रतिशत भग्नावशेष हटाइसकिएको छ ।    
        
     करिब ५५ वर्ष पुरानो भवनमा मर्मतसम्भार भइरहेको थियो । प्रारम्भिक अनुसन्धानमा बेसमेन्टमा पानी जम्नु तथा मर्मतका क्रममा संरचना कमजोर भएकाले भवन भत्किएको हुनसक्ने मुख्यमन्त्री गुप्ताले बताउनुभयो ।    
        
     घटनापछि सरकारले विद्यार्थी आवास, विद्यालय तथा नर्सिङ होमजस्ता सार्वजनिक प्रयोगका भवनमा नियमित संरचनात्मक परीक्षण र सुरक्षा प्रमाणपत्र अनिवार्य गर्ने तयारी गरेको छ । मनसुनका बेला भारी वर्षाका कारण पुराना भवन भत्किने जोखिम बढ्ने गरेको छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ