शुक्रबार, असोज ४ गते २०८१

पर्वतको फलेवास नगरपालिकाको शंकरपोखरीमा तिन महिने सिलाई कटाई तालिम शुरु

पर्वतको फलेवास नगरपालिकाको शंकरपोखरीमा तिन महिने सिलाई कटाई तालिम शुरु

अखबार दैनिक
शुक्रबार, कात्तिक २१ २०७७
  • पर्वतको फलेवास नगरपालिकाको शंकरपोखरीमा तिन महिने सिलाई कटाई तालिम शुरु

    सरकारले गरिबहरुले आर्थिक उपार्जनको बाटो चाँडै प्राप्त गर्ने गरी योजना बनाएको छः मन्त्री लम्साल


     पर्वत

    images


    पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा तिन महिने सिलाई कटाई तालिम शुरु भएको छ । पुर्कोटका दलित वस्तीका नागरिकहरुलाई लक्षित गर्दै स्वरोजगार तथा ब्यवसायी बनाउने उद्देश्यले उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशको सहयोगमा क्रियटिभ इन्नोभेशन ईन्टरप्रिनरसीप नेपाल प्रा.लि. र ईक्वेल एक्सिस ईन्टरनेशनल प्रा.लि. बनेपाले तालिम सञ्चालन गरेका हुन् ।
    उक्त तालिमको शुक्रवार शुभारम्भ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले अतिबिपन्न वर्गहरुलाई लक्षित गरी स्वरोजगार तथा व्यवसायीकमुलक तालिम प्रदान गर्दै गरिबहरुले आर्थिक उपार्जनको बाटो चाँडै प्राप्त गर्ने गरी योजना बनाएको बताउनुभयो । नागरिकलाई आम्दानी दिने खालका काममा प्रेरित गर्न सरकारले आर्थीकउपार्जनको लागि योजनबद्ध हिसाबले काम गरेको बताउनुभयो । नागरिकहरुलाई आत्मनिर्भर तथा रोजगार प्रदान गर्न लागिपरेका छौं,’ उहाँले भन्नुभयो, सिप विकास तालिमका साथै प्रदेश सरकारले इलमी हातलाई लक्षित गर्दै व्यवसायीक अनुदान समेत दिने योजना बनाएको छ, ।
    स्थानीय स्रोत साधन र कच्चा पदार्थको अधिकतम प्रयोग हुनेगरी व्यवसायिक तथा सीपमुलक तालिम संचालन गरी स्थानीय स्तरमै युवाहरुलाई स्वरोजगार प्रदान गर्ने तर्फ सरकार कटिबद्ध भएको उहाँको भनाई थियो । मन्त्री लम्सालले सिप सिकेर मात्र नपुग्ने भएकाले सिकेको सिपलाई प्रत्यक्ष व्यवहारमा उतार्ने दृढ अठोटका साथ तालिममा सहभागि हुन प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
    फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले तालिममा सिकेको सिपलाई व्यवसाय थालेर जिविकोर्पाजनको पाटो अपनाउने गरी तालिम लिन आग्रह गर्नुभयो । उहाँले महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले विभिन्न तालिम तथा सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।
    उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य बाबुराम सुनार, नेपाली कांग्रेसका वडा सचिव शिव प्रसाद तिवारी, लघु उद्यम महासंघका केन्द्रय अध्यक्ष केशा कुमारी दर्जी, शिक्षक प्रदिप भुषाल, क्रियटिभ इन्नोभेशन ईन्टरप्रिनरसीप नेपाल प्रा.लि.का चन्द्र नेपाली, उद्यमी वुद्धी पुर्जा, समुहको तर्फ बाट लक्षु दर्जी लगाएतले बोल्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ