शुक्रबार, असोज ४ गते २०८१

दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला

दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला

अखबार दैनिक
बिहीबार , कात्तिक २० २०७७
  • दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला

    कात्तिक १९,

    images

    दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् ।

    जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । मृत्युको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

    दाजुु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत छन भने भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ