शुक्रबार, असोज २ गते २०८३

चिनियाँ सहयोगमा पुस्तकालय स्थापना

चिनियाँ सहयोगमा पुस्तकालय स्थापना

अखबार दैनिक
शुक्रबार, जेठ २२ २०८३
  • चिनियाँ सहयोगमा पुस्तकालय स्थापना

    दोलखाको गौरीशङ्कर माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका साथै चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । चीनको विकास तथा नेपाल–चीन सम्बन्धबारे जानकारी लिन चाहनेहरूका निम्ति उपयोगी हुने ठानिएको नवस्थापित पुस्तकालयमा चिनियाँ संस्कृतिसम्बन्धी सामग्री तथा चिनियाँ विषयवस्तु समेटिएका नेपाली भाषाका पुस्तक राखिएका छन् ।

    अन्तरराष्ट्रिय बाल दिवसका अवसरमा बिहीबार चीन ग्रामीण विकास प्रतिष्ठान, काठमाडौँस्थित चिनियाँ सांस्कृतिक केन्द्र र चीनको पावर कन्स्ट्रक्सन कर्पोरेसन ९पावर चाइना० को संयुक्त आयोजनामा भएको हो ।

    त्यस अवसरमा पावर चाइनाको सहयोगमा विद्यालयमा पुस्तकालय निर्माण तथा स्टेसनरी सामग्री उपलब्ध गराइएको थियो । त्यसैगरी केन्द्रले चिनियाँ संस्कृति झल्किने चित्रहरू तथा चिनियाँ पर्यटकीय सहरका तस्बिरहरू प्रदर्शन गरेको छ भने चीन ग्रामीण विकास प्रतिष्ठानले विद्यार्थीहरूका लागि खेलकुद सामग्री वितरण गरेको थियो ।

    कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका काउन्सिलर झु फेङ, चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ झानपिङ, चीन ग्रामीण विकास प्रतिष्ठानको नेपाल कार्यालयका देशीय निर्देशक झोउ झिचियाङ तथा स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ