बिहीबार , असोज ३ गते २०८१

उत्तरी गोरखाको लाप्राकमा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण बिषय पठनपाठन शुरु

उत्तरी गोरखाको लाप्राकमा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण बिषय पठनपाठन शुरु

अखबार दैनिक
आइतबार, कात्तिक १६ २०७७
  • उत्तरी गोरखाको लाप्राकमा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण बिषय पठनपाठन शुरु


    माधव पराजुली,पोखरा
    उत्तरी गोरखाको धार्चे गाउँपालिकाको वडा नं. ४ लाप्राक स्थित मणिकामदेवी मा.वि.मा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण बिषय पठनपाठन शुरु गरिएको छ । गत बर्ष अध्ययन अध्यापनको अनुमति पाएको उक्त विद्यालयले कक्षा ११ र १२ मा पर्यटन र पर्वतारोहण बिषय पठनपाठन गर्न थालेको हो । कक्षा ११ मा अनिवार्य बिषय बाहेक ४ वटा ऐच्छिक विषयमा पर्यटन र पर्वतारोहणलाई समावेश गरिएको छ । यस अघि मनोविज्ञान,शिक्षा, व्यवस्थापन र गणित पठनपाठन हुदै आएको उक्त विद्यालयमा अब बिद्यार्थीहरुले पर्यटन र पर्वतारोहण बिषय पनि अध्ययन गर्न पाउने छन् । यसै बर्ष देखि शुरुवात गरिएको पर्यटन र पर्वतारोहण बिषय तर्फ बिद्यार्थीको अकर्षण समेत बढेको विद्यालयका प्र.अ. धन बहादुर गुरुङले जनाकारी दिनुभयो । उहाँका अनुसार पहिलो बर्ष अहिले कक्षा ११ मा पर्यटन र पर्वतारोहण बिषय अध्ययन गर्ने बिद्यार्थी ४३ जना छन् । पठनपाठनलाई प्रभावकारी बनाउन उक्त विद्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान बिच सम्झौता समेत भएको छ । पर्यटन र पर्वतारोहण बिषय अध्ययन अध्यापन गराउन दक्ष अनुभवी प्रशिक्षक तथा पाठ्यक्रम र अध्ययन सामाग्री र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले उपलब्ध गराउने छ । अध्ययन अध्यापनको सबै प्रबन्ध भने विद्यालयले मिलाउनेछ । पर्यटन र पर्वतारोहण बिषय मास्टर डिग्री सम्म उक्त स्थानमा पठनपाठन गराउने गाउँपालिकाको तयारी छ । विद्यालयमा सैद्धान्तिक पठनपाठनले मात्र उपलब्धि हासिल गर्न नसकेको वर्तमान अवस्थामा उक्त विद्यालयले भने प्रयोगात्मक रुपमै रक क्लाईम्बिङ,क्यानोनिङ,हिलक्लाईम्बिङ जस्ता प्रक्टिकल्ली संरचना तयार पारेर पर्यटन र पर्वतारोहण बिषय सञ्चालन गरेको छ ।
    उक्त विद्यालयमा पर्यटन र पर्वतारोहण बिषय औपचारिक पठनपाठनको शुरुवात गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा तालिमको रुपमा प्रशिक्षण दिने गरेको भएता पनि पर्यटन र पर्वतारोहणको पठनपाठन विद्यालय तहमा नभएको बताउदै उक्त विद्यालयल गण्डकी प्रदेशकै उदाहरणिय बनेको बताउनुभयो । साहसिक पर्यटनको बिषयमा धेरैलाई ज्ञान नहुदा यसको प्रवद्र्धन हुन नसकेको र नजानेरै प्रयास गर्दा ज्यान समेत जाने गरेको हुदाँ अब विद्यालयले त्यस्तो हुन बाट जोगाउने बताउनुभयो । गण्डकी प्रदेश साहसिक पर्यटनका हिसाबले अत्यान्तै महत्वपूर्ण प्रदेश भएको चर्चा गर्दे मन्त्री लम्सालले साहसिक पर्यटनको क्षेत्रमा लगानी समेत बढेको हुदाँ अन्य विद्यालयहरुमा पनि यस्तो किसिमको पढाई सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो ।उक्त विद्यालय बाट सैद्धान्तिक र व्यवहारिक ज्ञान सहित उत्पादन हुने नयाँ जनशक्तिको खपत देशको पर्यटन क्षेत्रमा हुने बताउनुभयो ।
    प्रदेश सभा सदस्य धनञ्जय दवाडीले शिक्षालाई समय सापक्ष स्तरिय र ब्यबहारिक नबनाउने हो भने शिक्षाले केबल शैक्षिक बेरोजगार र नैराश्यता मात्र पैदा गर्ने हुदाँ प्राबिधिक र व्यवहारिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
     धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले पर्यटन सँग सम्बन्धीत पढाई हुने देशका विभिन्न कलेज सँग समन्वय गरेर स्थानिय बिषय समेत समावेश गरी पठनपाठन सञ्चालन गर्ने योजना गाउँपालिकाको रहेको बताउनुभयो । शिक्षा ब्यबहारिक हुन आवश्यक रहेको बताउदै शिक्षालाइ उत्पादनसङ्ग जोड्नुपर्नेमा जोड दिनुभयो ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ