बिहीबार , असोज १ गते २०८३

प्रधानमन्त्री कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरेको राम्रोः हर्क साम्पाङ

प्रधानमन्त्री कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरेको राम्रोः हर्क साम्पाङ

अखबार दैनिक
बिहीबार , जेठ ७ २०८३
  • प्रधानमन्त्री कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरेको राम्रोः हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका नेता हर्कराज राईले प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने हो कि होइन भनि सोधेका छन् । उनले बिहीबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै समय मागेर नियमावलीको नियम १५ (२) अनुसार सांसद्को प्रश्नको उत्तर दिनुपर्ने बताए । “प्रधानमन्त्रीज्यू सदनमा आएर सांसदहरूले उठानुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन । उत्तर दिनुपर्ने हो या होइन ?” उनले भने ।

    उनले आफूले वैशाख २८ र २९ गते गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न राखेको बताए । रक्षा मन्त्रालय पनि प्रधानमन्त्रीसँगै भएकाले उनले नै जवाफ दिनुपर्ने माग राखे । “ती प्रश्नको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ,” उनले भने ।

    उनले प्रधानमन्त्रीले कर्तव्य पूरा गर्नुपर्दैन भनि सोधे । “उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ? सबै जनाले लोकतन्त्र, संसद्को गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन ? कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन,” उनले सोधे ।

    कर्तव्य पूरा नगरे मार्ग प्रशस्त गर्दा राम्रो हुने सुझाव दिए । “यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दा राम्रो,” उनले भने । उनले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभए को प्रति जवाफदेही हुने ? भन्ने प्रश्न गरे ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार