आइतबार, वैशाख ३० गते २०८१

कांग्रेस नेता विश्वकर्मा भेन्टिलेटरमा, फोक्सोले राम्रोसँग काम गर्न सकेन

कांग्रेस नेता विश्वकर्मा भेन्टिलेटरमा, फोक्सोले राम्रोसँग काम गर्न सकेन

अखबार दैनिक
आइतबार, कात्तिक १६ २०७७
  • कांग्रेस नेता विश्वकर्मा भेन्टिलेटरमा, फोक्सोले राम्रोसँग काम गर्न सकेन

    कात्तिक १६,

    images

    कोरोना संक्रमण र निमोनियाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि नेपाली कांग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । आइसियुमा रहेका विश्वकर्मालाई शनिबारदेखि भेन्टिलेटरमा राखिएको हो । उनी ग्राण्डी अस्पतालमा उपचाररत छन् । विश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार डाक्टरहरूले विश्वकर्माको स्वास्थ्य अवस्थाको पछिल्लो जानकारी शनिबार परिवारका सदस्यलाई दिइएको थियो ।

    ‘उहाँलाई हिजो भेन्टिलेटरमा राखेको हो। अवस्था गम्भीर छ,’ उप्रेतीले भने, ‘निमोनियाले फोक्सोलाई ७० प्रतिशत प्रभावित बनाएको भन्ने छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ