आइतबार, वैशाख ३० गते २०८१

ओली र ‘रअ’ प्रमुख गोयलबीच के-के कुरा भए ?

ओली र ‘रअ’ प्रमुख गोयलबीच के-के कुरा भए ?

अखबार दैनिक
शुक्रबार, कात्तिक १४ २०७७
  • ओली र ‘रअ’ प्रमुख गोयलबीच के-के कुरा भए  ?

    कात्तिक १४,

    images

    भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल नेपाल भ्रमणमा आएर फर्किएको एकसातामात्रै बितेको छ । तर, उनले प्रधानमन्त्री ओलीसँग के के कुरा गरे वा ओलीले के के कुरा भने भन्नेबारे भने नेपाल र भारतका राजनीतिक तह र जनस्तरमा ठूलो खुल्दुली छ । भारतबाट नेपाल उडेदेखि नै ओली र भारतीय जासुसका बीच साँठगाँठको हल्ला चलाएर आफू नेपाल बसेको दिन र फर्किएको दिनसमेत नेपालका प्रधानमन्त्री ओलीलाई ‘रअ’ को इशारा दिन आएको झैं गरी प्रचार गरेर ओलीको तेजोबध गर्न सफल गोयल र प्रधानमन्त्री ओलीका बीच कुरा चाहिँ के भयो त ?

    के प्रधानमन्त्री ओली भारतीय जासुसको चंगुलमा फसेर आफ्नो सत्ता लम्ब्याउन चाहन्छन् ?

    के उनी पार्टीभित्र उनका विरुद्ध प्रयोग भइरहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय जासुस लगाएर थर्काउन खोज्दैछन् ?

    के ओलीले लिम्पियाधुरा, कालापानी, लिपुलेक फिर्ताबारे जासुसका प्रमुखसँग केही भनेनन् ?

    यी र यस्तै प्रश्नहरु ओलीप्रति लक्षित भएर उठेका छन् । प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर प्रमुख गोयललाई भेट्दा प्रमुख मुद्धा नै कालापानी, लिपुलेक र लिम्पियाधुराको भारतबाट मिचिएको नेपाली भूमिसम्बन्धी थियो । उनले गोयललाई स्कन्द पुराणको प्रसंगदेखि महाकाली सन्धिसम्म र चीन र भारत युद्ध भएको सन् १९६२ को समय र त्यसबेलाको नेपाल भारत सीमासम्बन्धी प्रसंग सुनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ