बिहीबार , असोज ३ गते २०८१

भट्टराई दम्पतीलाई कोरोना संक्रमण

भट्टराई दम्पतीलाई कोरोना संक्रमण

अखबार दैनिक
शनिबार, कात्तिक ८ २०७७
  • भट्टराई दम्पतीलाई कोरोना संक्रमण

    कार्तिक ८,

    images

    जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिएका छन् ।

    भट्टराईले पत्नी हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा रहेका छन् । भट्टराई हालैमात्र मधेशका जिल्लाहरुको भ्रमण गरेर काठमाडौँ फर्केका हुन् । मधेशमा उनी पार्टी प्रवेश लगायत विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यतिबेला पार्टीले सामाजिक दुरीको मापदण्डको ब्यापक उल्लंघन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ