शुक्रबार, मंसिर ७ गते २०८१

‘रअ’का प्रमुख गोयल र ओलीबीच भेटवार्ता

‘रअ’का प्रमुख गोयल र ओलीबीच भेटवार्ता

अखबार दैनिक
बिहीबार , कात्तिक ६ २०७७
  • ‘रअ’का प्रमुख गोयल र ओलीबीच भेटवार्ता

    कात्तिक ६,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग २ घण्टा भेटवार्ता गरेका छन् । बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका प्रमुख गोयलले बुधबार राति नै प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेका हुन् । भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे भने खुलिसकेको छैन । नेपाल भारत सीमा विवादमा भारतले नपालसँग कुटनीतिक र राजनीतिक वार्ता गर्न आनाकानी गरिरहेका बेला गोयल अचानक नेपाल आएर प्रधानमन्त्री ओली लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेका हुन् । गोयलको गोप्य नेपाल भ्रमण र उनको भेटवार्तालाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

    यसैवीच गोयलले पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटवार्ता गरेका छन् । भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे भने खुलिसकेको छैन ।

    भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित ७ जनाको टोली बुधबार काठमाडौं आएको हो । गोयल बिहीबार बिहान भारतीय एयरफोर्सको आइफ बी ६०४५ कलसाइनको चार्टर विमानबाट फर्केका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ