बिहीबार , असोज ३ गते २०८१

नेकपाको बाटो पछ्याउँदै साझा-विवेकशील

नेकपाको बाटो पछ्याउँदै साझा-विवेकशील

दुई अध्यक्ष रहनेगरी साझा-विवेकशील एकता

images
अखबार दैनिक
बुधबार, कात्तिक ५ २०७७
  • नेकपाको बाटो पछ्याउँदै साझा-विवेकशील

    कात्तिक ४,

    images

    नेकपा एमाले र नेकपा माओवादिको एकता कुनैबेला बजारमा निकै चर्चित विषय थियो । एकता प्रक्रियामा जाँदा पनि हरेकदिनजसो केही न केही समाचारको विषय बनिरहेकै हुन्थ्यो । यद्यपि उक्त एकता सोचेअनुरुप गतिशील हुन सकेन र पनि समय सँगै धिमा गतिमा अगाडि भने बढिनै रह्यो । दुवै ठुला दल एकता गरेर बनेको नेपाल कम्युनिस्ट पार्टीमा मुख्य कुरा त के थियो भने उक्त एकीकृत पार्टीमा दुई अध्यक्ष हुने सहमतिमा एकता भएको थियो । र सो दुई अध्यक्षात्मक प्रणाली नेपाली राजनितिमा बिल्कुलै नया प्रयोग थियो ।

    नेकपाको सोही परिपाटिलाई पछ्याउँदै राप्रपा, जसपा लगायत पार्टिहरुले पनि दुई वा तीन अध्यक्ष राख्नेगरी पार्टी एकता गरेको समाचार बहसको विषय बनिनैरह्यो ।

    अहिले भने सोही नजिरको आड लिएर आफुलाई बैकल्पिक शक्ति दावी गर्ने साझा-विवेकशील पनि एकता प्रक्रियामा जाने संकेत देखिएको छ । विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डे र साझाको तर्फबाट रवीन्द्र मिश्र लगायत पर्टिका अन्य नेताहरू बीचको लामो छलफल पश्चात् एकीकरण गर्ने निष्कर्षमा पुगेका हुन् ।

    पछिल्लो तीन महिना दुई दलका नेताबीच चलेको वार्ताबाट पार्टी एकीकरण गर्ने ठोस सहमति जुटेको हो । फलस्वरुप विवेकशील र साझा एकीकरणको अन्तिम तयारीमा जुटेका छन् । यी दुई दलबीच एकीकरणपछि एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहने समझदारी बनेको छ । चुनाव चिन्ह झण्डामा तराजु रहनेछ ।

    केन्द्रीय कार्यालय बखुन्डोलस्थित साझा पार्टीकै कार्यालयमा हुनेछ । जसअनुसार बरियताक्रममा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पहिलो बरियतामा रहन्छन् । एकीकृत पार्टीको संयोजन समिति, सचिवालय र संघीय तथा केन्द्रीय समितिमा दुबै पार्टीबाट बराबर सदस्य रहने सहमति छ । पार्टी एकीकरण सम्झौता भएको मितिले छ महिनाभित्र एकता महाधिवेशन सम्पन्न गर्ने उनीहरूले प्रतिवद्धतासमेत जनाएका छन् । तर पार्टीको कार्यकारी भूमिकामा दुबै संयोजक रहने दुई पार्टीले गठन गरेको संवाद समितिको संयुक्त प्रस्ताव प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ