शनिबार, वैशाख २९ गते २०८१

प्रधानमन्त्री ओलीले विगत चैतदेखि मासिक तलब लिएका छैनन्

प्रधानमन्त्री ओलीले विगत चैतदेखि मासिक तलब लिएका छैनन्

अखबार दैनिक
मंगलबार, कात्तिक ४ २०७७
  • प्रधानमन्त्री ओलीले विगत चैतदेखि मासिक तलब लिएका छैनन्

    कार्तिक ४,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैत महिनादेखि मासिक पारिश्रमिक नलिएको उनको प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत उनले यो कुराको जानकारी गराएका हुन् ।

    कोरोना महामारी नियन्त्रणमा नआउन्जेल नलिने पहिले नै घोषणा गरेको स्मरण गराउँदै उनले भनेका छन्, ‘मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यो निर्णयको तेस्रो दिन मात्रै संसद सचिवालयमा दशै भत्ता फिर्ता गर्न निवेदन दिने पदाधिकारी र सदस्यहरूलाई धन्यवाद छ ।’

    हेर्नुहोस् सल्लाहकार थापाको स्ट्याटस्ः

    "प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैत महिनादेखि मासिक पारिश्रमिक लिनुभएको छैन र कोरोना महामारी नियन्त्रणमा नआउन्जेल नलिने घोषणा पहिल्यै गर्नुभएको सबैमा अवगत नै छ । मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यो निर्णयको तेस्रो दिन मात्रै संसद सचिवालयमा दशै भत्ता फिर्ता गर्न निवेदन दिने पदाधिकारी र सदस्यहरूलाई धन्यवाद छ । सबैको प्रयाशले कोरोना कोषमा केही योगदान पुग्ने भयो !"

    122176209_994637331016349_7236084606010375915_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ