कार्तिक ४,
सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि:शुल्क उपचार पाउने संक्रमितहरूलाई सात वटा सूचीमा वर्गीकरण गरेको छ । मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्नहरूको नि:शुल्क उपचार गर्ने भनिएको छ ।