बिहीबार , असोज ३ गते २०८१

केएमसी हस्पिटलको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

केएमसी हस्पिटलको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

अखबार दैनिक
सोमबार, कात्तिक ३ २०७७
  • केएमसी हस्पिटलको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

    ३ कात्तिक, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

    images

    सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भिर घाइते उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

    घरमा हात, खुट्टा पोलेपछि खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए ।

    उनी मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ