आइतबार, मंसिर ९ गते २०८१

गण्डकी प्रदेशको पर्यटन प्रकृति र संस्कृतिमा निर्भीक छः मन्त्री लम्साल

गण्डकी प्रदेशको पर्यटन प्रकृति र संस्कृतिमा निर्भीक छः मन्त्री लम्साल

अखबार दैनिक
शनिबार, कात्तिक १ २०७७
  • गण्डकी प्रदेशको पर्यटन प्रकृति र संस्कृतिमा निर्भीक छः मन्त्री लम्साल


    ,पर्वत
    पर्वतको फलेवास नगरपालिकाका विभिन्न धार्मीक स्थलहरुमा निर्मित मन्दिर तथा पूर्वाधारहरुको उद्घाटन गरिएको छ । फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा रहेको बाघे ढुंगा देवी मन्दिर, वडा नं. ५ खानिगाउँमा रहेको भगवती मन्दिर र वडा नं. ३ शंकरपोखरी स्थित लिमिभुमेकोटमा नव निर्मित भौतिक पूर्वाधारहरुको शनिवार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्री लम्सालले गण्डकी प्रदेशको पर्यटन प्रकृति र संस्कृतिमा निर्भिक रहेको बताउनुभयो । “विविधताले भरिपूर्ण हाम्रा प्राकृतिक सांस्कृतिक र धार्मिक स्थल पर्यटकीय गतिविधिका लागि लोभ लाग्दा छन्, नेपालमा घुम्ने बाह्य तथा आन्तरिक पर्यटकहरु प्रकृति र संस्कृतिमै आकर्षित हुन्छन् मन्त्री लम्सालले भन्नुभयो,”हाम्रो पर्यटन प्रकृति र संस्कृतिमा अडिएको छ । समृद्धिको आधार पर्यटन रहेको र त्यसमा पनि प्रकृति र संस्कृति भएको चर्चा गर्दै गण्डकी प्रदेश प्रकृति, संस्कृति र शहासिक पर्यटनको हिसाबले अन्य प्रदेशमा भन्दा धनी रहेको बताउनुभयो ।
    मन्त्री लम्सालले पर्वतमा रहेका ऐतिहासिक तथा धार्मीक महत्व बोकेका कोट तथा मठ मन्दिरहरुलाई एकिकृत रुपमा विकास गर्न चाहेको बताउनुभयो । “पर्वतमा ऐतिहासिक कोट,धार्मीक मठ मन्दिरहरु प्रसस्त छन्, तिनीहरुको धार्मीक महत्व बेग्लैछ,मन्त्री लम्सालले,भन्नुभयो,पैँयूकोट,धुवाकोट,लिमिकोट,पुरकोट,लुङरिङकोट, दुर्लङकोट,चिसापानी जस्ता स्थलहरुलाई जोडेर एकिकृत रुपमा विकास गर्ने योजना बनाएकाछौँ” । धार्मीक स्थल तथा संस्कृतिले समुदायको सामूहिक परिचय दिने बताउदै उहाँले संस्कृति सांस्कृतिक सम्पदाहरूको सामूहिक नाम रहेको चर्चा गर्नुभयो । पर्वतमा रहेका पर्यटकीय स्थलहरुको भौतिक पूर्वाधार व्यवस्थापन गर्न यथेष्ट बजेट बिनियोजना भएको उहाँले समेत बताउनुभयो ।
      नगरप्रमुख पदमपाणी शर्माले पर्यटकिय दृष्टिले फलेवास नगरपालिका महत्वपूर्ण रहेको चर्चा गर्दै कालिगण्डकीको तिर देखी डहरेको शिर सम्मको क्षेत्रलाई पर्यटकीय प्याकेजको रुपमा अगाडि बढाउने योजना बनाएको बताउनुभयो । उहाँले नगर भित्रका धार्मीक पर्यटकिय गन्तव्यले स्थानीय समुदायहरूलाई आफ्नो संस्कृतिको महत्व दर्साउँने  र आर्थिक वृद्धि र विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
    उपप्रमुख मञ्जु अधिकारीले प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा र सभ्यताको धनी भएर पनि त्यसको उपभोग हुन नसकेको भन्दै आफ्नो धर्म र संस्कृतिलाई पर्यटन सँग जोडी आर्थीक उपार्जन तर्फ लाग्नुपर्नेमा जोडदिनुभयो । नगरपालिकाले  महिलाहरुलाई लक्षित गरी उद्यमशिलता तालिम तथा प्रोत्साहन प्रदान गरेता पनि महिला हरु पुरानै लयमा रुमलिएकाले सफल उद्यमी बन्न नसकेको बताउनुभयो । परम्परागत निर्वाहमुखी पेशाको अन्त्य गरी आर्थीक उन्नती हासिल गर्न सक्ने खालको पेशा व्यवसाय अंगाल्न महिलाहरुलाई आग्रह गर्नुभयो ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार