शनिबार, असोज १७ गते २०८३

बामदेव गौतमबिरुद्धको मुद्दा आज पनि भएन सुनुवाई

बामदेव गौतमबिरुद्धको मुद्दा आज पनि भएन सुनुवाई

‘अब दशैंपछि कात्तिक १७ गते वा १९ गते गौतमको मुद्दाको संवैधानिक इजलास तोकिन सक्छ, त्यसअघि उपाध्यक्ष गौतमको मुद्दा पेसीमा चढ्ने सम्भावना छैन ।'

images
अखबार दैनिक
बुधबार, असोज २८ २०७७
  • बामदेव गौतमबिरुद्धको मुद्दा आज पनि भएन सुनुवाई

    असोज २८,

    नेकपाका उपाध्यक्ष समेत रहेका बामदेव गौतम बिरुद्धमा परेको मुद्दा आज पनि संवैधानिक इजलासको पेसीमा चढ्न सकेन । आज २८ गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीनवटा इजलासमा मात्र पेसी तोकेका छन् ।

    सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना सक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दा हेर्दैको पेसी सूचीबाट हटाइएको थियो । गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश ज.ब.रा.ले असोज १४ गते आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गरेका थिए ।

    स्रोतले अखबारदैनिकलाई जानकारी दिए अनुसार यसअघि संवैधानिक इजलासका एक सदस्य ईश्वर खतिवडा आइसोलेशनमा बसेको कारण देखाउँदै गौतमको मुद्दा पेसीबाट हटाइएको थियो । तर, आज उनै खतिवडाको नेतृत्वमा संयुक्त इजलास तोकिएको छ । यद्यपि गौतमको हेर्दाहेर्दैको मुद्दाको संवैधानिक इजलास भने स्थगित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ