शनिबार, जेठ ५ गते २०८१

अन्तत: सार्वजनिक भयो बहुप्रतिक्षित आईफोन १२

अन्तत: सार्वजनिक भयो बहुप्रतिक्षित आईफोन १२

अखबार दैनिक
बुधबार, असोज २८ २०७७
  • अन्तत: सार्वजनिक भयो बहुप्रतिक्षित आईफोन १२

    असोज २८

    images

    एप्पल कम्पनीले आईफोन-१२ सिरिज सार्वजनिक गरेको छ। यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ । एप्पलले मंगलबार ‘डिजिटल इभेन्ट’ यसको घोषणा गरेको हो । एप्पलले आइफोन १२ का ह्‍यान्डसेट फाइभ जी नेटवर्कले सज्जित हुने पनि पुष्टि गरेको छ ।

    एप्पल प्रमुख टिम कुकले भने, “हामी आइफोनको आफ्नो पूरै लाइनअपमा फाइभ जी ल्याउँदै छौं । यो आइफोनका लागि नयाँ युगको सुरुवात हो ।” एप्पलले आइफोन १२ (६४, १२८, २५६ जीबी स्टोरेज), आइफोन १२ : मिनी (६४, १२८ र २५६ जीबी स्टोरेज) का साथै आइफोन १२ प्रो (१२८, २५६ र ५१२ जीबी स्टोरेज), आइफोन १२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जीबी स्टोरेज) लन्च गरेको छ ।

    कति पर्छ मूल्य ?

    यी मोबाइल फोनको मूल्य झन्‍डै ७० हजारदेखि एक लाख ३० हजार भारतीय रुपैयाँको बीचमा छ । आइफोन १२ मिनीको मूल्य ६९ हजार नौ सय, आइफोन १२ को मूल्य ७९ हजार नौ सय, आइफोन १२ प्रोको मूल्य एक लाख नौ हजार नौ सय र आइफोन १२ प्रो म्याक्सको मूल्य एक लाख २९ हजार नौ सय भारतीय रुपैयाँ छ । ६४ जीबी स्टोरेज भएको आइफोन १२ मिनीको मूल्य भारतमा ६९ हजार नौ सय रुपैयाँ हुनेछ । तर, यही फोन यदि तपाईंले २५६ जीबी स्टोरेज भएको खरिद गर्दा मूल्य बढेर ८४ हजार नौ सय रुपैयाँ हुनेछ । त्यस्तै ५१२ जीबी स्टोरेज भएको आइफोन १२ प्रो म्याक्सको मूल्य एक लाख ५९ हजार नौ सय रुपैयाँ हुनेछ । आइफोन १२ मिनी फाइभ जी प्रविधियुक्त विश्वको सबैभन्दा सानो फोन हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार