आइतबार, जेठ ६ गते २०८१

डा. केसीको स्वास्थ्य अवस्था अहिलेसम्मकै जटिल

डा. केसीको स्वास्थ्य अवस्था अहिलेसम्मकै जटिल

अखबार दैनिक
बुधबार, असोज २१ २०७७
  • डा. केसीको स्वास्थ्य अवस्था अहिलेसम्मकै जटिल

    असोज, २१ ।

    images

    २४ दिनदेखि अनसन बसिरहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएर नाजुक अवस्थामा पुगेको छ ।

    यस्तै उनको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या बारम्बार देखिन थालेको कुरा चिकित्सकहरूले बताएका छन् ।

    उनको शरीरको रक्तचाप पनि घटेर ७०/५० पुगेको चिकित्सकहरूको भनाइ छ ।

    डा. केसीको शरीरमा अक्सिजनको मात्रा पनि न्यून छ । उनलाई बेलाबेला अक्सिजन दिइएको छ ।

    केसीको उपचारमा रहेका चिकित्सकहरू डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्तरिक परामर्शमा ध्यानाकर्षण गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार