बुधबार, वैशाख २६ गते २०८१

प्रदेश ५को राजधानी तनाबले केन्द्रिय राजनितिमा भुइंचालो

प्रदेश ५को राजधानी तनाबले केन्द्रिय राजनितिमा भुइंचालो

अखबार दैनिक
मंगलबार, असोज २० २०७७
  • प्रदेश ५को राजधानी तनाबले केन्द्रिय राजनितिमा भुइंचालो

    असोज २०, काठमाडौं

    images

    प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । अब यो सँगसँगै केन्द्रिय राजनितिमा ठुलो तरङ्ग आउने अनुमान सजिलै गर्न सकिन्छ ।

    प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा लगेका थिए । कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बताए अनुसार प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने पार्टीको निर्णय छ । प्रदेशको नामाकरण लुम्बिनी रहनेमा कुनै असहमति नरहेको तर सरकारको राजधानी दाङ सार्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको छ ।

    यसैसँग प्रदेश राजधनीको विषयलाई लिएर केन्द्रिय राजनितिमा पनि ठुलो तरङ्ग जान थालेको प्रस्टै देख्न सकिन्छ । यसले कयौं राजनितिज्ञको आगामी राजनितिक यात्रालाई धराशायी र चुनौतिपूर्ण बनाउने कुरा नकार्न सकिन्न । केहि राजनितिक विष्लेशकका अभिव्यक्त्तिलाई आधार मान्ने हो भने यसले समग्र नेकपाको प्रिय भोटलाई पनि हानी गर्ने अनुमान लगाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार