शनिबार, वैशाख १५ गते २०८१

महामारीका बिच दशैंमा घर जान भ्याइनभ्याई

महामारीका बिच दशैंमा घर जान भ्याइनभ्याई

अखबार दैनिक
शनिबार, असोज १७ २०७७
  • महामारीका बिच दशैंमा घर जान भ्याइनभ्याई

    १७, असोज, काठमाडौंं । विश्वभर कोरोना महामारीको सन्त्रस बढेसँगै सरकारले गत चैतमा लकडाउन घोषणा गरेपछि लाखौंको संख्यामा नेपाली जनता बेरोजगारीको चपेटामा नमजासँग पर्न गए ।विभिन्न मुलुकहरू र मुख्यगरी छिमेकी मुलुकमा लाखौं नेपाली अलपत्र परे । सरकारले प्रभावकारी नितिनियम ल्याउन नसक्नाले लुकि छिपी स्वदेश भित्रिने र कोरोना गाउँ–गाउँसम्म पुग्ने प्रक्रिया बढ्दै गयो । गाउँ गाउँमा संक्रमण बढ्न थालेपछि मात्र सरकारले जेठमा आएर विभिन्न सीमा नाकाहरुबाट नेपाल प्रवेश गर्न दिने निर्णय गर्‍यो । त्यतिञ्जेल सीमामै रहँदा थुप्रै नेपाली संक्रमित भइसकेका थिए, घर फर्किएपछि क्वारेन्टिनको समेत व्यवस्थित नहुँदा संक्रमणले वेग बढायो । पछिल्लो दिनहरू दिनहुँजसो उपत्यकामा मात्रै हजार हाराहारीमा संक्रमित भेटिएका छन् । यही व्यवधानका बीच नेपालीहरुको महान् चाड दसैं पनि नजिकिँदै गर्दा उपत्यकाबाट गाउँ फर्किने संख्या बढ्दो छ । यसरी उपत्यका छाड्ने अधिकांश व्यक्तिको पीसीआर परीक्षण हुनु त परको कुरा तथ्यांक समेत राखिएको छैन । सरकारले आधा संख्यामा मात्र यात्रु बोक्नु भनी गरेको निर्णय पनि कार्यान्वय भएको छैन र हुने छाँटकाँट देखिँदैन । यसले के देखाउँछ भने राजधानीबाट गाउँतिर फर्किने क्रममा कोरोना संक्रमण चौतर्फी फैलिने जोखिम उच्च छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन पनि दसैंमा गाउँमा संक्रमण फैलिने जोखिम रहेको बताउँछन् । ‘हाल उपत्यकाका संक्रमितमध्ये ५० प्रतिशत लक्षणविहीन छन्, त्यसैले उनीहरु अब गाउँगाउँ पुगेर संक्रमण फैलिने जोखिमलाई नकार्न सकिन्न । त्यस्तै सरकारले लक्षण नदेखिएका व्यक्तिको पिसीआर परीक्षण समेत नगर्ने नीति लिएको छ । संक्रामक रोग विशेषज्ञ पुनले अखबारदैनिकसँग भने, ‘एक किसिमले हामीले अहिले संकटलाई निम्तो दिइरहेका छौं भन्ने बुझ्दा हुन्छ ।’ गृह मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढा जिल्ला जाने व्यक्तिको हकमा पिसीआर जाँच वा क्वारेन्टिनमा राख्ने कुरालाई अनिवार्य नगरिएको बताउँछन् । ‘अहिले लक्षण नभएकालाई जाँच नगर्ने भन्ने निर्णय छ, इच्छा लागेको व्यक्तिले आफैं पनि जाँच्न सक्छन्’, सह–सचिव समेत रहेका बुढाले अखबारादैनिकसँग भने, ‘मन्त्रालयले पनि सबै जिल्ला प्रशासन कार्यालयलाई बाहिरबाट आउनेलाई धेरै ओहरदोहर गर्न नदिन, गाउँमा भेटघाट र भिडभाड नगर्न सचेत गराउन भन्दै पत्राचार गरिसकेको छ ।’ उनका अनुसार बाहिरबाट आउने व्यक्तिलाई होम क्वारेन्टिनमा बस्न आग्रह गर्न पनि परिपत्र गरिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार अघिल्लो वर्षको दसैंमा ३० लाख एक हजार १५ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने १८ लाख ३५ हजार ५ सय ६ जना उपत्यका भित्रिएका थिए । यसरी हेर्दा दसैंको समयमा १२ लाख बढी मानिस उपत्यकाबाट बाहिरिएको देखिन्छ । गृह मन्त्रालयद्वारा उपलब्ध विगत ५ वर्षको तथ्यांक केलाउने हो भने दसैंमा उपत्यकाबाट सरदर ११ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेको देखिन्छ । त्यसआधारमा गृहले गरेको विश्लेषण अनुसार यो वर्ष दसैंमा कम्तिमा तीन लाख मानिस उपत्यकाबाट बाहिर जाने देखिन्छ । किनकि, ८ लाख मानिस लकडाउनकै समयमा घरतिर फर्किएको तथ्यांक छ । लकडाउन खुलेपछि केही नागरिक उपत्यकाभित्र प्रवेश गरे पनि बाहिरिएको संख्या पनि उत्तिकै रहेको तथ्यांकले देखाउँछ । दसैं आउन तीन हप्ता बाँकी रहेका वेला उपत्यका छाड्ने क्रम भने सुरु भइसकेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको तथ्यांक अनुसार उपत्यका छाड्ने यात्रुको संख्या बढ्दो क्रममा छ । अखबारदैनिकलाई प्राप्त सूची अनुसार बिहीबार २० हजार ४ सय ९७, बुधबार २० हजार ९ सय १४, मंगलबार १९ हजार ७ सय ४ र सोमबार १९ हजार ९९ जना उपत्यका छाडेका थिए । महाशाखाका एसएसपी भीमप्रसाद ढकाल सामाजिक दूरी, स्वास्थ्य सावधानी र ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने विषय कार्यान्वयन भए, नभएको विषयमा जाँच गर्न ठाउँ-ठाउँमा चेकपोइन्ट राखिएको बताउँछन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार