बिहीबार , कात्तिक २९ गते २०८२

कांग्रेस नेता दीपक खड्का जोडिएको स्काउटको जग्गामा महानगरको डोजर चल्यो

कांग्रेस नेता दीपक खड्का जोडिएको स्काउटको जग्गामा महानगरको डोजर चल्यो

अखबार दैनिक
बिहीबार , कात्तिक २९ २०८२
  • कांग्रेस नेता दीपक खड्का जोडिएको स्काउटको जग्गामा महानगरको डोजर चल्यो

    नेपाल स्काउटको जग्गामा बनाइएका संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । पूर्वऊर्जामन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड प्रा.लि.ले जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो ।

    त्यहाँ भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको हो । बिहीवार महानगर प्रहरीहरु डोजरसहित पुगेर त्यहाँ बनाइएका संरचनाहरु भत्काएका छन् । काँग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आउनुभएको थियो । जग्गाको भाडा लामो समयदेखि नतिरेको आरोप लाग्ने गरेको छ । कार्तिक २० गते स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । बिहीवारसम्मको म्यादमा भाडा नआएपछि संरचनाहरु भत्काइएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ