बिहीबार , कात्तिक २२ गते २०८२

सरकारी जमिनमा व्यावसायिक मुङखेती

सरकारी जमिनमा व्यावसायिक मुङखेती

अखबार दैनिक
बिहीबार , कात्तिक २२ २०८२
  • सरकारी जमिनमा व्यावसायिक मुङखेती

    कृषिमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खजुरा गाउँपालिका–२ वडा कार्यालयले सरकारी जमिन व्यावसायिक खेती थालेको छ ।

    अभियानका रुपमा मुङखेतीको गरिएको बताउँदै वडाध्यक्ष धनराम ओलीले त्यो सफल भएको जानकारी दिनुभयो । हाल १८ कट्ठा जमिनमा मुङखेती गरिएको छ । हाल उक्त वडावासी मुङखेतीतर्फ आकर्षित भएका छन् । कृषि अभियान मुङखेतीमा मात्र सीमित छैन टनेल बनाएर च्याउको व्यावसायिक उत्पादन पनि भएको छ ।

    वडा कार्यालयले आँप, कटहर, अम्बा, कागतीलगायत अमिला फलका बिरुवा हुर्काइरहेको छ । साथै खाली जमिनमा राजमा र तोरीखेती गरिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ