२५ भदौं काठमाडौं । उपत्यकामा भोलि भदौ २५ गतेदेखि पसलहरु समेत खोल्न पाउने भएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेकाे हाे।
सरकारले तोेकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड अनिवार्य पालना गरी अत्यावश्यक वस्तु सेवा मध्ये खाद्य वस्तु, दुध र दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, माछा, मासु बिक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न दिने निर्णय भएको छ।
यस्तै, सपिङ्ग मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाउने निर्णय भएको छ।
अन्य पसलहरु व्यवसायको प्रकारअनुसार बार तोकेर खोल्न दिने निर्णय भएको छ। यस्तै रेष्टुराँहरुको हकमा टेक–अवे सुविधा मात्र सञ्चालन गर्न दिने समेत निर्णय भएको छ।
तीन प्रमुख जिल्ला अधिकारीहरुले गरेको निर्णयको पूर्ण पाठ यस्तो छ।