शुक्रबार, जेठ ४ गते २०८१

गण्डकी प्रदेश , १ नम्मर प्रदेश र २ नम्मर प्रदेशमा यस्तो छ कोरोना कहरको अवस्था

गण्डकी प्रदेश , १ नम्मर प्रदेश र २ नम्मर प्रदेशमा यस्तो छ कोरोना कहरको अवस्था

अखबार दैनिक
शनिबार, भदौ २० २०७७
  • गण्डकी प्रदेश , १ नम्मर प्रदेश र २ नम्मर प्रदेशमा यस्तो छ कोरोना कहरको अवस्था

    २० भदौं काठमाण्डौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १४५ कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा दुई हजार ११६ जनाको पिसिआर परीक्षण गरिएकामा ५३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा यो अहिलेसम्मकै उच्च संक्रमित सङ्ख्या हो ।
        
     संक्रमितमध्ये मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा चार, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा एकएक तथा प्रदेश  बाहिरका पाँच  जना रहेको मन्त्रालयले जनाएको छ ।  विराटनगरमा आज ६० जनाको पोजेटिभ रिपोर्ट आएकामध्ये २५ महिला र ३५  पुरुष छन् । मोरङको बूढीगङ्गाका दुई महिला र चार पुरुष, लेटाङकाम दुई महिला, सुनवर्षी र ग्रामथानका एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै सुनसरी दुहवीका सात महिला र छ पुरुष, इटहरीका एक महिला र नौ पुरुष, धरानका एक महिला र दुई पुरुष, इनरुवाका दुई पुरुष, गढीका एकएकमहिला र पुरुष, बर्जुका एकएक महिला र पुरुष, बराहक्षेत्रका एक पुरुष र कोशी गाउँपालिकाका एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

    images

    मन्त्रालयका अनुसार झापाको कनकाईका तीन महिला र आठ पुरुष, दमकका तीन महिला र दुई पुरुष, मेचीनगरका चार पुरुष, भद्रपुर र झापा गाउँपालिकाका तीनतीन र कचनकवल र गौरीगञ्जका एकएक पुरुष, ओखलढुङ्गाको मानेभञ्ज्याङका दुईदुई महिला र पुरुष, भोजपुरका एक पुरुष, उदयपुर, त्रियुगाका एक पुरुष, सोलुखुम्बु र खोटाङको स्थानीय तह नखुलेका एकएक पुरुष तथा प्रदेश बाहिरका एक महिला र चार पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 
        
    प्रदेशमा कोरोना संक्रमितको  सङ्ख्या आजसम्म  तीन हजार ८२५ पुगेको तथा आज ७२ संक्रमित निको भई घर फर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड –१९ आइसोलेशन केन्द्र, गोठगाउँ मोरङबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड –१९ आइसोलेसशन केन्द्र, रङ्गेली मोरङबाट ११, होटल एशियाटिक आइसोलेशन विराटनगरबाट सात, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँच, बी जनरल अस्पताल आइसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट एक संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा निको हुने सङक्रमितको सङ्ख्या अहिलेसम्म एक हजार ८१९ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ९५ हजार ४५९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

    जनकपुर–प्रदेश नं २मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु हुनाका साथै १६९ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा सप्तरी जिल्लाबाट एक र धनुषा जिल्लाको एक उद्योगमा कार्यरत एक  भारतीय गरी दुई जनाको मृत्यु भएको छ । यससमेत गरी प्रदेशबाट अहिलेसम्ममा ९८ जनाको मृत्यु भइसकेको छ । 
        
     सोही अवधिमा सप्तरीबाट ३५, सिरहाबाट १०, धनुषाबाट ३४, महोत्तरीबाट ४३, सर्लाही र रौतहटबाट एकएक, बाराबाट १९ र पर्साबाट २६ गरी १६९ जना  नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

      प्रदेशमा अब संक्रमितको सङ्ख्या १० हजार ९७७ पुगेको छ । तीमध्ये आज  १०५ जना उपचार गराई  निको भएर घर फर्केका छन् । अब निको भएर घर फर्केनेको सङ्ख्या पाँच हजार ३५९ पुगेको छ ।  प्रदेशमा १७७ वटा क्वारेन्टिन स्थलमा ५६८ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक  हजार ६८० जना, आइसोलेशनमा ९८९ जना र होम आइसोलेशनमा चार हजार ५३१ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

    गण्डकी– गण्डकी प्रदेशमा आज ८९ नयाँ कोरोना संक्रमित थपिएका छन् । हालसम्म प्रदेशमा संक्रमितको सङ्ख्या दुई हजार ४०३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
        
    निर्देशनालयका अनुसार प्रदेशको नवलपरासी जिल्लामा मात्रै ४१ संक्रमित थपिएका हुन् । त्यस्तै कास्कीमा १७, गोरखामा २२, नवलपरासीमा ४१, लमजुङमा तीन, स्याङ्जा र तनहुँमा दुईदुई तथा बाग्लुङ र मनाङमा एकएक  संक्रमित थपिएका छन् । प्रदेशमा निको भएर घर फर्कने एक हजार सात सय ६९ जना छन् भने कोरोनाको कारण १८ जनाको मृत्यु भएको छ । प्रदेशमा सघन उपचार कक्ष शय्या १७५ र भेन्टिलेटर ५७  छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ