वीर अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएकामध्य थप दुई जनाको मृत्यु भएको हो ।वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा.राजीव झाले जानकारी दिए ।
‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ डा. झाले भने, ‘तर हामीले उहाँहरुलाई बचाउन सकेनौं ।’ मृतकको परिचय खुलिसकेको छैन ।