बुधबार, भदौ २६ गते २०८२

देशभरिका कारागारबाट भागे १३ हजार ५७१ कैदी

देशभरिका कारागारबाट भागे १३ हजार ५७१ कैदी

अखबार दैनिक
बुधबार, भदौ २६ २०८२
  • देशभरिका कारागारबाट भागे १३ हजार ५७१ कैदी

    नख्खुसहित देशभरिका कारागारबाट १३ हजार ५७१ जना कैदी भागेका छन्। प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा पाँच सयभन्दा बढी थुनुवा फरार छन्।

    प्रहरी प्रधान कार्यालयका अनुसार नख्खु, चितवन, झुम्का, कैलाली, डडेल्धुरा, सिन्धुली, रौतहटलगायत कारागारका कैदी भागेका छन्। प्रहरीले सुरक्षा दिन नसकेपछि र जेलमा आगो लाग्न थालेपछि कैदी भागेका हुन्। “प्रहरी भर्खर ड्युटीमा फर्किएको छ, फरारहरूको खोजी भइरहेको छ,” केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने।

    नख्खु कारागारबाट जनकपुर बमकाण्डका नाइके सञ्जय साहसहितका व्यक्ति भागेका छन्। नख्खुमै रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेलबाहिर निकालिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ