काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलनबाट कुनै पनि पार्टीहरूले फाइदा लिन नपाउने बताएकी छन् ।
बुधबार भिडियो पोष्ट गर्दै श्रेष्ठले यस्तो बताएकी हुन् । उनले जेनजीहरूलाई आफ्ना मागहरू स्पष्टसँग राख्नुपर्ने भन्दै आफू जेनजीहरूलाई सहयोग गर्न तयार रहेको बताइन् । यस्तै श्रेष्ठले रास्वपा र दुर्गा प्रसाईँकाे जेनजी आन्दोलनसँग सरोकार (स्टेकहोल्डर) नभएको समेत बताइन् ।