काठमाडौँ । जेनजी युवाहरूले गरेको आन्दोलनका क्रममा घाइते भएकामध्ये २५ जना त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
जसमध्ये दुई जना अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्याराले बताए । घाइते भएका मध्ये ६ जनालाई शल्यक्रिया गर्ने तयारी गरिरहेको उनको भनाइ छ । जसमा एक जनालाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरिएको छ ।
उपचाररत बिरामी १६ वर्षदेखि ३२ वर्षका युवा रहेको सूचना अधिकारी रोस्याराले बताए । अस्पतालमा सोमबार घाइते एक जनाको मृत्यु भएको थियो ।