७ भदौ, काठमाण्डौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका १६६ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा १६६ कोरोना संक्रमित थपिएका हुन् ।
उनका अनुसार १२६ संक्रमित थपिएका छन् भने ललितपुरमा १२ र भक्तपुरमा २८ जना संक्रमित थपिएका हुन् ।
हालसम्म कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ८१८ संक्रमित भएका छन् भने २८१ जना डिस्चार्ज भएका छन् ।