बुधबार, भदौ २६ गते २०८२

देउवा दम्पत्ति आक्रमणको निन्दा : बिरासतबाट नभइ झुपडीबाट उठेको नेताका रुपमा चित्रण

देउवा दम्पत्ति आक्रमणको निन्दा : बिरासतबाट नभइ झुपडीबाट उठेको नेताका रुपमा चित्रण

अखबार दैनिक
बुधबार, भदौ २६ २०८२
  • देउवा दम्पत्ति आक्रमणको निन्दा : बिरासतबाट नभइ झुपडीबाट उठेको नेताका रुपमा चित्रण

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा.आरजु देउवामाथि भदौ २४ गते (मंगलबार) जेन–जी आन्दोलनका क्रममा भएको कुटपिट र अमानवीय व्यवहारको देउवा सेवा समाजले घोर निन्दा र भत्र्सना गरेको छ ।

    देउवा सेवा समाज धनगढीले एक विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा जीवनभर प्रजातन्त्रका लागि समर्पित व्यक्ति भएको भन्दै उनीमाथिको आक्रमणलाई आपराधिक मानसिकता बोकेको समूहको कार्यको संज्ञा दिएको छ । 


    समाजका अध्यक्ष गजैसिंह देउवाले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘समकालीन नेताहरू घर छाडेर भाग्दा पनि देउवा आफ्नै निवासमा दृढतापूर्वक बसिरहनु भएको थियो । उहाँ कुनै राजनीतिक बिरासतबाट होइन, झुपडीबाट उठेर देशका लागि बलिदान दिन तयार भएरै राजनीतिमा लाग्नुभएको हो ।’

    विज्ञप्तिमा घटनाको दोष जेन–जी आन्दोलनकारीहरूमाथि नखुलाइ, यसलाई सुनियोजित हमला भन्दै आपराधिक प्रवृत्तिका व्यक्तिहरूको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।  त्यस्तै समाजले आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

    यता, शेर वहादुर देउवाका समर्थक र शुभेच्छुकहरुले घट्नाको गहिरो दुःख व्यक्त गर्दै देउवाको योगदानको स्मरण गरेका छन् । घट्नापछि सामाजिक संजाल तातेको छ । जेनजी आन्दोलनकारीका नाममा मंगलबार अपरान्ह भएको कुटपिटको घट्नापछि देउवा दम्पत्तिप्रति सद्भाव र सुभेच्छा व्यक्त गर्नेदेखि आलोचनासम्मका स्टाटसहरु पोष्ट भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ