शनिबार, जेठ ५ गते २०८१

सेभिया युरोपा लिग फुटबलको उपाधि चुम्न सफल

सेभिया युरोपा लिग फुटबलको उपाधि चुम्न सफल

अखबार दैनिक
शनिबार, भदौ ६ २०७७
  • सेभिया युरोपा लिग फुटबलको उपाधि चुम्न सफल

    ६ भदौ, काठमाडौं । स्पेनिश क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि चुम्न सफल भएको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो ।

    images

    सेभियालाई छैटौं पटक उपाधि दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक गोल गरे ।

    इन्टरका रोमेरो लुकाकु र डिएगो गोडिनले एक एक गोल फर्काए ।

    कोलोग्ने स्टेडियममा सुरुवाती एक गोल भने इन्टरले गरेको थियो । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो ।

    पछिल्लो पटक सेभियाले २०१६ मा युरोपा लिग जितेको थियो । इन्टर भने चौथो पटक युरोपा लिग जित्न असफल भएको छ । इन्टरले पछिल्लो पटक १९९८ मा युरोपा लिग जितेको थियो ।

    पछिल्लो ९ वर्ष यता इन्टरले कुनैपनि उपाधि जित्न सकेको छैन । यता स्पेनिश क्लबले एउटा रेकर्ड राखेका छन् । 

    पछिल्लो ९ मध्ये ६ उपाधि स्पेनिश क्लबले जितेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार