शुक्रबार, जेठ ४ गते २०८१

वाग्मती प्रदेश उपसभामुखलाई कोरोना संक्रमण

वाग्मती प्रदेश उपसभामुखलाई कोरोना संक्रमण

अखबार दैनिक
सोमबार, भदौ १ २०७७
  • वाग्मती प्रदेश उपसभामुखलाई कोरोना संक्रमण

    काठमाडौं, १ भदौ । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपसभामुख तामाङको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको हो ।

    उनीसहित उनका छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

    नुवाकोटा जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उपभासमुखको स्वाब परीक्षण गरिएको थियो ।

    ‘वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा स्वाब परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजिटिभ आएको हो । उहाँसहित सचिवालयको सबैको स्वाब परीक्षण गरिएको थियो ।’ सचिवालयले भनेको छ ।

    सचिवालयले उपसभामुखको सम्पर्कमा आएका सबै जनालाई जानकारी गराइसकेकोले समुदायलाई कोरोना भाइरस संक्रमणको विषयमा त्रसित नबन्न समेत आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ