आइतबार, जेठ ६ गते २०८१

उपत्यकामा कोरोना सङ्क्रमण उच्च, घरबाहिर ननिस्कन आग्रह

उपत्यकामा कोरोना सङ्क्रमण उच्च, घरबाहिर ननिस्कन आग्रह

अखबार दैनिक
सोमबार, भदौ १ २०७७
  • उपत्यकामा कोरोना सङ्क्रमण उच्च, घरबाहिर ननिस्कन आग्रह

    काठमाडौं, १ भदौ । कोरोनाविरुद्ध लगाइएको बन्दाबन्दी खुलेसँंगै काठमाडौँ उपत्यकामा छिटपुट रूपमा देखिएको कोरोना सङ्क्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । दैनिक सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण आइतबार हाल सम्मकै बढी देखिएको छ ।

    images

    उपत्यकामा पनि काठमाडौँमा सङ्क्रमितको सङ्ख्या उच्च देखिएकोे हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार काठमाडौँ उपत्यकामा मात्र १७२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा कोरोना पुुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुुभयो । प्रवक्ता गौतमले यही अवस्थाले उपत्यकामा कोरोना बढ्दै जाने हो भने भोलिका दिनमा अझ जटिल अवस्था आउन सक्नेछ भन्दै सचेत हुन आग्रह गर्नुुभयो । राजधानी काठमाडौँसँगै देशभर कोरोना सङ्क्रमण दिनहुुँ बढ्दै गएको छ ।

    देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ वटा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर परीक्षण भएको यो सङ्ख्या हाल सम्मकै धेरै हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    पर्सामा ४७ वर्षीय पुरुष र मोरङकी ५० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । योसहित हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ । घरबाहिर ननिस्कन आग्रह यसैबीच काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाका विभिन्न वडामा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । वडा नं. ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठका अनुसार शनिबारसम्म ३१ जनामा सङ्क्रमण देखिएको र अन्य केहीको कन्ट्याक टेसिङको नतिजा आउन बाँकी रहेको छ ।

    यसैबीच नगरप्रमुख रामेश्वर बोहराले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र बाहिर आउनैपर्दा माक्स लगाएर मात्रै हिँड्न नगरवासीमा आग्रह गर्नुभएको छ । त्यसैगरी काठमाडौँ महानगर वडा नं. ३२ कोटेश्वर क्षेत्रमा हालसम्म ५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो पटक सहयोगी नगरमा दुई जना कोरोना सङ्क्रमितको सङ्ख्या थपिएपछि वडामा सङ्क्रमितको सङ्ख्या ५५ पुगेको हो । यीमध्ये चार जना सङ्क्रमणमुक्त भएका छन् भने ५१ जना उपचाररत रहेको कार्यपालिका सदस्य हीरादेवी पोखरेलले बताउनुभयो ।

    आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार