आइतबार, साउन २० गते २०८२

चौथोपटक थपियो नारायणगढ-बुटवल सडकको म्याद, २०८३ साउन ७ भित्र निर्माण सक्ने दाबी

चौथोपटक थपियो नारायणगढ-बुटवल सडकको म्याद, २०८३ साउन ७ भित्र निर्माण सक्ने दाबी

आइतबार, साउन २० २०८२
  • चौथोपटक थपियो नारायणगढ-बुटवल सडकको म्याद, २०८३ साउन ७ भित्र निर्माण सक्ने दाबी

    निर्माणाधीन बुटवल नारायणगढ सडक खण्डको म्याद फेरि एक वर्ष थप भएको छ । आयोजनाले दिएको जानकारीअनुसार २०८३ साउन ७ गतेसम्मका लागि चौथोपटक म्याद थप भएको हो । अर्थात्, २३ जुलाई २०२६ मा आयोजनाको काम सकिने भएको छ । यही साउन ८ गते आयोजनको म्याद सकिएको थियो ।

    images

    अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति भएको छ । दाउन्ने पूर्व र पश्चिम गरी दुई खण्डमा निर्माण जारी रहेको सडक अहिले बर्दघाटदेखि दुम्कीबाससम्म १४ किलोमिटरबाहेक अन्यत्र सहज छ । दाउन्ने खण्डमा पनि अहिले धमाधम ढलान कार्य भइरहेको छ । यो सडक बनेपछि बुटवल–नारायणगढ सडकको यात्रा डेढ घण्टामा छोटिने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार