काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ५५.४ किलोमिटर कालोपत्रे गरेको छ । काठमाडौं महानगरले आगामी आवको नीति कार्यक्रम ल्याउने क्रममा आज सार्वजनिक गरेको चालुको आर्थिक वर्षको प्रगति विवरणमा ५५ किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख छ ।
यस्तै १०.३१ किलोमिटर सडक ढलान भएको छ भने १२.२५ किलोमिटर ढल निर्माण भएको छ । यस्तै महानगरले ४२.४७ किलोमिटर ब्लक छापेको छ ।